काठमाडौं । नेपाली काँग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुर प्रस्थान गरेकाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।
देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप) का लागि सिङ्गापुर प्रस्थान गरेका हुन । काँग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई पार्टीको कार्यवाहक सभापति तोकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।