पहिचान पक्षधरसँग वार्ताका लागि कोशी प्रदेश सरकारले गरे समिति गठन


विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले समिति गठन गरेको छ । प्रदेश सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

वार्ता समितिमा मन्त्री मेन्याङ्बोसँगै सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्