फरार पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी पक्राउ : नक्कली भुटानी शरणार्थी प्रकरण


काठमाडौं । काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन्। रायमाझीलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौँले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो । यही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्। प्रहरीले वैशाख २७ गते खाण र उनका सहयोगी नरेन्द्र केसीलाई खाणको निवासबाट पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्