सिंहदेवी युवा समूहद्वारा फुटबल प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक


बेलबारी, मोरङ / सिंहदेवी युवा समूहले पत्रकार सम्मेलन गरेर कार्तिक ९ गते सम्पन्न क्लवस्तरीय खुल्लानकाउट फुटबल प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरेको छ । शनिवार समूहले बेलबारी २ स्थित सिंहदेवी हाइटको आफ्नै भवनमा पत्रकार सम्मेलन गरेको हो ।

पत्रकार सम्मेलनमा सिंहदेवी युवा समूहका अध्यक्ष तीर्थबहादुर न्यौपानेले प्रतियोगिताको आर्थिक विवरण बारे जानकारी गराएका थिए । उनले खेलकुद विकास र बागदेवी खेलमैदानको स्तर उन्नतिको लागि सञ्चालन गरिएको प्रतियोगिता सफल भएकोमा खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद प्रदान गरेका छन् ।

अध्यक्ष न्यौपानेका अनुसार प्रतियोगिताबाट सङ्कलित रकम रु.६ लाख ६८ हजार ४ सय ३० रुपैयाँ बाट प्राविधिक खर्च कटाएर बाँकी रकम बागदेवी खेलमैदानको स्तर उन्नतिमा समूले खर्च गर्ने छ । २०५४ सालमा स्थापना भएको सिंहदेवी युवा समूहले भावी दिनामा पनि सामाजिक कार्यमा निरन्तरता दिने अध्यक्ष न्यौपानेले बताएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै शिक्षा सन्देश ई स्कुलका प्रिन्सिपल राजेश खत्रीले कार्यक्रम सम्पन्न पछि पारदर्शी रूपमा आर्थिक विवरण सार्वजनिक गर्न सिंहदेवी युवा समूहको यो संस्कारलाई जुन कोही सामाजिक सङ्घसंस्थाले सिक्नु पर्ने बताएका छन् ।

बेलबारी नगरकार्यपालिका सदस्य खिना थापाले समुहललाई व्यवस्थित तथा अनुशासित रूपमा प्रतियोगिता सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद प्रदान गरेकी थिइन ।

https://youtu.be/TT1TURGMhcM

प्रतिक्रिया दिनुहोस्