आन्दोलनको क्रममा साहदत्त लाजेहाङकाे परिवारलाई राहत हस्तान्तरण


बेलबारी । काेशी प्रदेश खारेजीको आन्दोलनमा साहदत्त हुनु भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई राहत हस्तान्तरण गरिएको छ । प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले लिम्बुको परिवारलाई शनिवार बेलबारी स्थित घरमा पुगी राहत स्वरूप १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

संघर्ष समितिको घटक संस्था किरात याक्थुङ चुम्लुङका संघिय अध्यक्ष प्रेम येक्तेनले परिवारका सदस्यलाई राहत रकम हस्तान्तरण गर्नु भएको थियो । राहत हस्तान्तरण पश्चात् बोल्नू हुँदै येक्तेनले पहिचानको आन्दोलनमा साहदत्त प्राप्त गर्नु भएका लाजेहाङलाई राज्यले सहिद घोषणा गर्नु पर्ने बत्ताउनुभयो । लाजेहाङले पहिचानको आन्दोलनमा दिनु भएको योगदानको सदैव उच्च मूल्याङ्कन हुने समेत उहाँले बत्ताउनुभयो ।

राहत हस्तान्तरणमा किरात याक्थुङ चुम्लुङका संघिय उपाध्यक्ष डा. कमल तिगेला, चुम्लुङका सल्लाहकार दुर्गामाया लिम्बू, चन्द्रमाया मावाे, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल सलाेराम, लिम्बुवान प्रान्तीय मञ्चका उप महासचिव पूर्णकला लिम्बू, मोरङ अध्यक्ष जीवन खेवा, किरात याक्थुङ चुम्लुङका मोरङ जिल्ला अध्यक्ष डिबि कुरुम्बाङ, सुनसरी अध्यक्ष मोहन हुक्पाचाेङवाङ, किरात राई यायाेक्खा मोरङ जिल्ला उपाध्यक्ष सीता लिम्बु, प्रदेश नं. १ पहिचानको आधारमा पुन नामाङ्कन अभियान समितिका प्रतिनिधि सुमनहाङ चेम्जाेङ लगायत विभिन्न राजनीतिक दल, संघ संस्थाका स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

काेशी प्रदेश नाम खारेजीको माग गर्दै गत चैत्र ५ गते विराटनगरमा भएको जनप्रदर्शनको बेला प्रहरी सँगको भिडन्तमा घाइते भएका लाजेहाङकाे उपचारका क्रममा १० गते मृत्यु भएको थियो । उहाँ संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मञ्चको सचिवालय सदस्य तथा लिम्बुवान भाेलेन्टियर्स (एलभी) को केन्द्रीय सह कमाण्डर रहनु भएको थियो । काेशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा नामाङ्कन गर्न संघर्ष समितिले आन्दोलन जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्