भारतको नयाँ नक्सा प्रकरणबारे बास्कोटा बोले : “सरकार चुप रहँदैन”


वालिङ, २२ कात्तिक । भारतीय पक्षबाट नयाँ नक्सा सार्वजनिक भएपछि नेपाल सरकारका मन्त्री तथा प्रवक्ता गोकुलप्रसाद बास्कोटाले सरकार चुप नरहने बताए ।

स्याड्डजाको कालिगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाकको टिकट अनावरण गर्दै बास्कोटाले सीमा विषयमा सरकार अलमलिन्छ की भन्ने नसोच्नु आग्रह गरे ।

देशकोनै धार्मिक स्थलमा उत्कृष्ट १०० गन्तव्यको सुचीमा पर्ने भएकोले आलमदेवी मन्दिर शक्तिको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरे । राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्