राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहको साटो भौतिक पूर्वाधार तथा यातायात प्रस्ताव


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहको साटो भौतिक पूर्वाधार तथा यातायात वा अन्य कुनै मन्त्रालय लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेका छन् । उक्त प्रस्तावमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्तको बैठक बोलाएको छ ।

रास्वपाका अध्यक्ष रवि लामिछानेसँग आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले गृहको साटो भौतिक पूर्वाधार वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । रास्वपाले यसअघि गृह मन्त्रालयनै चाहिने भन्दै त्यसका लागि दुई दिनको अल्टिमेटम दिएको थियो । भौतिक पूर्वाधार मन्त्रालय रास्वपालाई दिएपछि गृहमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ल्याउने प्रधानमन्त्रीको तयारी रहेको स्रोतको भनाइ छ ।

मन्त्रिपरिषद् गठनकै वेला श्रेष्ठले गृहमा दाबी गरेका थिए । तर, त्यस वेला गठबन्धनले रास्वपाका सभापति लामिछानेलाई गृहमन्त्रालय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्