मोरङ क्षेत्र नं.३ प्रदेश सभा (१) मा मानबहादुर लिम्बुको जित सुनिश्चित


बेलबारी, ७ मङ्सिर । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (१) मा नेपाली काँग्रेसका उम्मेदवार मानबहादुर लिम्बुको जित सुनिश्चित भएको छ । एउटा बुथको गणना बाँकी हुँदा नै उनको जित निश्चित भएको हो ।

उनी एमाले उम्मेदवार दिलीप राई भन्दा ४ हजार ४ सय २८ मतले अगाडि छन् । पछिल्लो मत परिणामअनुसार काँग्रेसका उम्मेदवार लिम्बूले १८ हजार २८६ मत पाउँदा एमाले उम्मेदवार दिलीप कुमार राईले १३ हजार ८५८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्