धरानको मेयर उम्मेद्वार प्रकाश राईलाई बनाउने नेकपाकाे निर्णय


काठमाडौं, १७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राई उम्मेदवार बनाउने भएको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरानको मेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि नेकपाको प्रदेश कमिटीबाट उनीसहित फोक्वाहाङ सुब्बा (चोत्लुङ), वेणु काफ्ले र विजय राई सिफारिस भएका थिए ।

यसैगरी कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क)मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ ।

भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् भने वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।

बाग्लुङ २ खमा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

प्रतिक्रिया दिनुहोस्