पथरीशनिश्चरेमा दियोबाट घर आगलागी हुँदा ४ वर्षीय बालकको मृत्यु


विराटनगर, ११ कात्तिक । मोरङ पथरीशनिश्चरे नगरपालिकामा दियोबाट घर आगलागी हुँदा ४ वर्षीय बालकको मृत्यु भएको छ । पथरी शनिश्चरे – ५ कोठेवारिमा दीपावलीको दियोबाट घर जल्दा बालकको मृत्यु भएको हो ।

मृतक बालकको नाम कोठेवारिका युवराज गिरीको छोरा युसन गिरी रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार राति करिब साढे १० बजे गिरीको घरमा आगलागी हुँदा युसन मृत्यु भएको हो । युसन सुतिरहेको बेला आगलागी भएपछि जलेर घटनास्थलमै मृत्यु भएको हो ।

आगलागी भएको थापा पाए पछि प्रहरी चौकी कुशेचौरीबाट प्रहरी घटना स्थल पुगेर आगो नियन्त्रणको लागी खटिएका थिए । करिब ११ बजे स्थानीयवासीको र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थिए ।

गिरीको एक तले टिनको छानोको घर पूर्ण रूपमा नष्ट भएको छ भने नगद ९५ हजार, तीन तोला सुनका गहना, तीन तोला चाँदीको गहना, लत्ता कपडा लगायत सबै नष्ट भएको प्रहरीले जनाएको छ । ३ लाख भन्दा बढीको क्षति भएको स्थानीयहरूले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङले मृतक बालक युसन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीपावली मनाउँदा दियो तथा अन्य उज्यालो झिलिमिली पार्नको लागि प्रयोग हुन सक्ने दुर्घटनाबाट सजक्ता अपनाउँदै सुरक्षित हुन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्