तेस्रो डाँगीहाट गोल्डकपको विजेता व्वाईज युनियन (फोटो फिचर)


मोरङ, १० कार्तिक । व्वाईज युनियन क्लबले तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । बेलबारीको भाउन्नेमा आज (आइतबार) भएको फाइनलमा धरान एफसी सुनसरीलाई ६–० गोलअन्तरले हराउँदै व्वाईज युनियनले उपाधि जितेको हो ।

व्वाईज युनियनको तर्फबाट तपन कार्कीले ४ तथा मेसुकेले २ गोल गरेर टिमलाई प्रतियोगिताको विजेता बनाएको छ । कार्कीले खेलको पहिलो हाफमा नै २ गोल गरेका थिए ।

खेलको २ मिनेटमै गोलको खाता खोलेका थिए भने १८ औँ मिनेटमा दोस्रा गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाएका थिए । कार्कीले खेलको ४६ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले ६० औ मिनेटमा थप चौथो गोल गरेका थिए । मेसुकेले ५३ र ६१ औ मिनेटमा गोल गरेका थिए । फाइनल खेल धरानको लागि दबाबपूर्ण भएको थियो भने व्वाईज युनियनको गोलको वर्ष हुँदा एक गोल पनि फर्काउनु नसक्दा लज्जास्पद हार बेहोर्नु परेको छ ।


तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताका विजेता व्वाईज युनियनले रु.३ लाख १ हजार नगद पुरस्कार, ट्रफी मेडल, प्रमाणपत्र र उपविजेता धरानले रु.२ लाख १ हजार सहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

https://youtu.be/h1QrHhNkuGY

प्रतिक्रिया दिनुहोस्