सुकुम्वासी समस्या समाधानका लागि भूमि आयोग र सुन्दरहरैँचा नगरपालिकाबिच सम्झौता सम्पन्न


सुन्दरहरैँचा, २५ पौष । मोरङको सुन्दरहरैँचा नगरपालिकाले सुकुम्वासी तथा अव्यवस्थित नागरिकलाई लाल पुर्जा वितरण गर्ने तयारी गरेको छ । शनिवार नगरपालिका र भूमि आयोगबिच सम्झौता भएको हो । 

शनिवार नगरप्रमुख शिवप्रसाद ढकाल र भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौलाले ६ हजार ७२ घर धुरीलाई लालपुर्जा वितरण गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरे ।  यो सँगै नगरपालिकाले सुकुम्वासी समस्या समाधान गर्ने लाल पुर्जा वितरण गर्ने तयारी सुरु गरेको नगरपालिकाले जनाएको छ । 

शनिवार सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरप्रमुख शिवप्रसाद ढकालले सुकुम्वासीहरूको समस्या सम्बोधन हुने बाटो खुलेको बताए । आफूहरू जतिसक्दो यो समाधान होस् भन्नेमा रहेको बताए । 

अघिल्लो सरकारका पालामा गठन भएको भूमि आयोग खारेज गरी वर्तमान सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्