प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते हुने


विराटनगर, ४ पुस । प्रेस चौतारी मोरङको ८ औँ जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । शनिवार विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । बैठकले आगामी पुस १५ गते सम्म सदस्यता नवीकरण गरी सक्ने निर्णय गरेको संयोजक कोइरालाले जानकारी दिनुभयो । यस्तै जिल्ला अधिवेशनका दिन वितरण गर्ने गरी जनार्दन मैनाली पत्रकारिता पुरस्कारका लागि सल्लाहकार महेन्द्र विष्टको संयोजकत्वमा छनौट समिति पनि निर्माण गरिएको छ ।  

प्रेस चौतारी नेपालले राष्ट्रिय अधिवेशनका लागि जिल्ला तथा प्रदेश कमिटीको अधिवेशन २ महिना भित्र सम्पन्न गर्न मङ्सिर २० गते सर्कुलर जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्