प्रत्यक्ष साकोसको अध्यक्षमा रामकुमारी राई : सातौँ साधारणसभा सम्पन्न


बेलबारी, मोरङ / प्रत्यक्ष बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रामकुमारी राई भएकी छन् । संस्थाको सातौँ साधारणसभाले राईलाई अध्यक्षमा चयन गरेको हो ।

राईको अध्यक्षतामा नौ सदस्सीय नयाँ कार्य समितिको चयन भएको छ । प्रत्यक्ष साकोस लामो समयदेखि महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको संस्था नारी जागरणद्वारा सञ्चालित संस्था हो । प्रत्यक्ष साकोसले ७ औँ साधरणसभा बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको आफ्नै कार्यालयमा बिहीबार सम्पन्न गरेको छ ।

सम्पन्न साधारण सभाको उद्घाटन बेलबारी वाड नं २ का अध्यक्ष घनश्याम गौतमले गरेका थिए । सो साधारणसभामा नारी विकास सङ्घ विराटनगरकी सरिता खनाल, जग्गा दाता माइतीसोभा राई लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा शेयर सदस्यहरूका वृद्ध आमाहरूलाई सम्मान गरिनुका साथै संस्थामा वर्षभरिमा उत्कृष्ट कारोबार तथा बचत गर्ने चार ÷चार जना शेयर सदस्यहरूलाई समेत पुरस्कृत गरिएको थियो

https://youtu.be/2-iFJ6f55Hc

प्रतिक्रिया दिनुहोस्