थारु कल्याणकारिणी सभा नगर समिति बेलबारीद्वारा श्रीमद् भगवत सप्ताह पुराण सुरु


बेलबारी, १९ मङ्सिर । थारु कल्याणकारिणी सभा नगर समिति बेलबारीको आयोजनामा श्रीमद् भगवत सप्ताह पुराण सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं. ९ मा पुराण शनिवार देखी सुरु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले आयोजकको कार्यको प्रशंसा गर्दै मन्दिर निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्ने बताएका छन् । आयोजक अनुसार पुराण गर्नुको उद्देश्य अधुरा शिवालय मन्दिर तथा बृद्धवृद्धालाई दिवामिलन केन्द्र निर्माणको लागि गरिएको हो ।

कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुली र वडा नं. ९ का अध्यक्ष नगेन्द्र खड्काले पुराणको साथै थारु कल्याणकारिणी सभा नगर समिति बेलबारीको उद्देश्य प्राप्तिको लागि शुभकामना प्रदान गरेका छन् । कार्यक्रममा नेकपा एमाले नगर कमिटीका अध्यक्ष इरान राई लगायत विभिन्न राजनीतिज्ञ पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

पुराण मङ्सिर २० गते देखी २६ गते सम्मा हुने थारु कल्याणकारिणी सभा नगर समिति बेलबारीका अध्यक्ष बाबुराम चौधरीले बताएका छन् । ७ दिन आचार्य पं. आशुतोष खनालले प्रवचन गर्ने छन् । पुराण उद्घाटन कार्यक्रमको उद्घोषण थारु कल्याणकारिणी सभा नगर समिति बेलबारीका प्रवक्ता अरुण कुमार चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्