बेलबारीमा कफी व्यवसायको आकर्षण


बेलबारी, २६ असोज / बेलबारीको युवाहरूको आकर्षण कफी व्यवसाय तर्फ बढ्दै गएको छ । कफी कल्चरको क्रमिक वृद्धिसँग असोज १४ गते देखी स्थानीय ३ युवाहरूले बेलबारीमा द फोल्कस क्याफे एन्ड फुट कोर्डको सुरुवात गरेका छन ।

द फोल्कस क्याफे एन्ड फुट कोर्डका तिन सञ्चालक रुपेस खनाल, मनु श्रेष्ठ र सचिन गुरुङ रहेका छन् । बेलबारीमा बढ्दो कफी कल्चरलाई हेरेर, कफी व्यवसायबाट पनि फाइदा लिन सकिन्छ भन्ने सोचले द फोल्कस क्याफे सुरु गरेको सञ्चालक रुपेस खनाल बताउँछन् । उनी भन्छन्, विगतमा नेपालको पर्यटकिय क्षेत्र र सहरी क्षेत्रमा मात्र कफी व्यवसाय चल्थ्यो तर अहिले गाउँ न सहर कफी पिउनेको जमात बढेर गएको छ । हामीले कफी व्यवसायमा भविष्य खोज्दै छौ ।

रुपेसका अनुसार बेलबारीमा पहिलो पटक द फोल्कस क्याफे एन्ड फुट कोर्डले बेल्जियन वाफलको स्वाद पनि प्रदान गर्दैछन् । देशको मुख्य सहरमा मात्र बेल्जियन वाफल बनाउने र बिक्री गर्ने गर्छन् । प्रदेश नं. १ मा पनि बेल्जियन वाफल केही ठाउँमा मात्र पाउन गर्छ । सायद बेल्जियन वाफल स्वादको बानी नभएर पनि हुन सक्छ । रुपेस भन्छन्, बेल्जियन वाफलको कल्चर पनि बेलबारीलाई दिन चाहन्छौ । एक पटक बेल्जियन वाफल खाए पछि जो कोही यसको स्वादमा लोभिने रुपेस बताउँछन् ।

द फोल्कस क्याफे एन्ड फुट कोर्डमा कफी र खाजा खान जाने ग्राहकका अनुसार शान्त वातावरण, मिठो परिकार र अरू ठाउँमा भन्दा सामान्य मूल्यमा नै पाइने बताउँछन् ।

समाजको उदाहरण भन्दै छन, रुपेस, मनु र सचिन

यो समाजमा एउटा सकारात्मक उदाहरण भन्दै छन् , द फोल्कस क्याफे एन्ड फुट कोर्डका तिन सञ्चालकहरू । उद्यमशिल बन्ने सोचले मात्र नभएर हिजो वर्षै दुर्वेसनमा फसेका रुपेस, मनु र सचिन सबै आज व्यवसायमा व्यस्त छन् ।

५ देखी १० वर्ष सम्म दुर्वेसनको दलदलमा फसेको तितो अनुभव सुनाउँछन् रुपेश । तर जीवनको लडाइमा सफल हुन आज हामीले दुर्वेसन जीवनलाई पूर्ण रूपमा त्यागेर, सफल व्यवसायी हुने पनि सङ्घर्ष गर्दैछौ, रुपेश बताउँछन् । यी तिन युवाहरू दुर्वेसनमा कोही पनि नफसोस् भन्ने चहान्छन र दुर्वेसनमा फस्ने जोहोकीलाई सुधार्ने कार्यमा अग्रपङतीमा छन् ।

द फोल्कस क्याफे एन्ड फुट कोड सञ्चालक सचिन गुरुङ बेलबारी प्लस, लागु औषध पुनर्स्थापना केन्द्रका अध्यक्ष हुन भने मनु श्रेष्ठ कृषि व्यवसायमा उतिकै व्यस्त रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्