बेलबारी २ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


बेलबारी , २० असोज / दसैँ, तिहार तथा छठ पर्वको अवसरमा जीवन विज्ञान प्रतिष्ठान साथै कबिर मन्दिर व्यवस्थापन समिति, बेलबारी २ को आयोजनाका शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम प्रदेश १ का सांसद सरिता थापा खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । शुभकामना आदानप्रदान कार्यक्रममा विशिष्ट अतिथि पूर्व सांसद मधु गुरुङ, बेलबारी वाड नं. २ का अध्यक्ष घनश्याम गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख आथिति लगायत सङ्घ संस्थाका प्रतिनिधिहरूलाई प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राखेका थिए । शुभकामना प्रदान गर्ने क्रममा सामूहिक शुभकामना कार्यक्रमले भौतिक रूपमा जति नै टाढा भए पनि भेटघाटको अवसरमा आत्मीयता र एकताको विकास गर्ने भाव प्रकट गरेका थिए । यस प्रकारको कार्यक्रम भावी दिनमा पनि निरन्तर गर्नु पर्ने सबैको मत रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैले जीवन विज्ञानको योग गर्नको साथै गायक सञ्जीव धिमालले गीत प्रस्तुत गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रम जीवन विज्ञान प्रतिष्ठान, बेलबारीका अध्यक्ष माधव प्रसाद ओझाको अध्यक्षतामा सम्पन्न भएको हो भने मन्दिर व्यवस्थापन समिति, बेलबारी २ का अध्यक्ष जेबी थुलुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्