बेलबारीमा सुरु भयो स्वास्थ्य विमा


बेलबारी / बेलबारी नगरपालिकाले स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ । नगरपालिका कार्यलयमा रहेको आदिवासी जनजाति महासंघ समन्वयन परिसद् बेलबारीको सभाहल मंगलबार स्वास्थ्य बिमा दर्ता शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर विमा दर्ता शुभारम्भ भएको हो ।

तिन जेष्ठ नागरिकलाई स्वास्थ्य विमा दर्ता फारम हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शुभारम्भ गरेका हुन् । मेयर सवेदिले समेत शुभारम्भमै स्वास्थय विमा लेख फारम भरेका छन् । शुभारम्भ गर्दै मेयर सुवेदिले स्वास्थय विमा कार्यक्रमले गरिव तथा असाय परिवारलाई सहयोग पुग्ने बताए । उनले विमा गर्न समेत सवैलाई आग्रह गरे ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ भने ५ भन्दा वढि १० जना सम्मले प्रति ब्याक्ति ७ सय बुझाउनु पर्ने उल्लेख गरीएको छ । एकै परिवारका १० जना भन्दा वढि सदस्य भए अन्य थप शुल्क लाग्ने छैन् ।

प्रतेक वडामा एक एक जना दर्ता सहयोगि रहेको नगरपालिका स्वास्थय शाखाका संयोजक सन्तोष विश्वकर्माले बताए । विमितले मसिर १ गते देखी सेवा पाउने संयोजक विश्वकर्माले बताए । विमित हुुनेले प्राथमिक स्वास्थय केन्द्र बाहुनि तथा पुर्वाचल विश्व बिद्यालय शिक्षण अस्पताल वाट प्रथम सेवा पाउने छन् उनले भने त्यहाँ उपचार हुन नसके कोशि अन्चल अस्पताल हाम्रो अस्पताल, नावेल मेडिकल कलेज, विपि कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान सुनसरी वाट सेवा लिन सकिन्छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् ।

https://youtu.be/3zFg6DXiymU

प्रतिक्रिया दिनुहोस्