नियुक्ति सच्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं, २९ असार । राष्ट्रपति कार्यालयले नियुक्ति सच्याए पछि नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा ७६ (५) अन्तरगत रहेर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको, नियुक्ति नसच्याएसम्म शपथ नलिने देउवाको अडानले गर्दा ६ बजेलाई तोकिएको शपथ दुई घण्टा पछि सरेको थियो ।

साथै आजै नवनियुक्त प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना गरेर ४ जना मन्त्रीको नियुक्त गरेर मन्त्रीमण्डल विस्तार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्