सञ्चार सहकारीको स्थापना दिवसमा मोरङका ६ जना पत्रकारहरू पुरस्कृत


विराटनगर, २७ असार । मोरङलाई कार्यक्षेत्र बनाएर काम गर्ने विभिन्न ६ जना पत्रकारहरू पुरस्कृत भएका छन् । सञ्चार सहकारी संस्थाको दसौँ स्थापना दिवसको अवसरमा उनीहरू पुरस्कृत भएका हुन् । 

पुरस्कृत हुनेहरूमा मीनकुमार श्रेष्ठ ‘नवोदित’, मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, तारा आचार्य, एलिना दियाली र राजकुमारी तामाङ रहेका छन् । 

पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै २०६९ सालमा स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले कारोबार दैनिकका मीनकुमार श्रेष्ठ ‘नवोदित’ र बिजमाण्डुका अनन्तराज न्यौपानेलाई ५०–५० हजार, राष्ट्रिय समाचार समितिका प्रदेश १ प्रमुख मोहम्मद सदरुल र न्युज २४ टेलिभिजनकी तारा आचार्यलाई २१–२१ हजार तथा रेडियो सिम्रिककी एलिना दियाली र निगरानी टाईम्सकी राजकुमारी तामाङलाई १०–१० हजार नगद पुरस्कार प्रदान गरेको थियो । 

उनीहरूलाई आइतबार प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नगद र कदर पत्रसहित पुरस्कृत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्