गाईलाई सेलिब्रेटीको रूपमा चर्चा : बङ्गलादेशमा भेटिएको रानी गाईको तौल २३ केजी


काठमाडौँ, २५ असार । मानिसलाई सेलीब्रेटीको रूपमा चर्चा गरिएको सुनिएको छ तर पछिल्लो समय जनवार लाईसमेत सेलिब्रेटीको रूपमा लिएर चर्चा गर्न थालिएको छ । बङ्गलादेशमा भेटिएको एउटा गाईले आज सेलिब्रेटीको जस्तै चर्चा पाएको छ ।

रानी नाम दिएको उक्त गाईलाई हेर्नेको भिड लाग्ने गरेको छ । उमेरले २३ वर्षको भए पनि यो गाई केवल ५१ सेन्टिमिटर उचाइ र २८ केजी तौल रहेको छ ।चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न आउनेको सङ्ख्या बढ्दो रहेको पाइएको छ । फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रूपमा दर्ता गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्डसङमा निवेदन दिइसकेका बताएका छन् । 

हसन रानीले खाना पनि धेरै कम खाने र बढी मात्रमा घुम्न मन पराउने गरेको बताउँछन् । उनी रानीलाई पाखुरामै राखेर घुमाउन लैजान्छन् । (एजेन्सी) 

प्रतिक्रिया दिनुहोस्