अपार्टमेन्टमा मृत भेटिइन नायिका जेनी कुँवर


काठमाडौँ, २५ असार । नायिका जेनी कुँवर मृत फेला परेकी छन् । काठमाडौँको थापागाउँस्थित अपार्टमेन्टमा उनको शव फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले मृत कुँवरसँगै उनको सुसाइड नोट पनि भेटिएकोले बताएको छ । फेला परेको उनको सुसाइड नोटमा नायिका कुँवरले आफू डिप्रेसनको सिकार भएको र आत्महत्या गरेको उल्लेख गरेकी छन् ।

स्व. कुँवरले ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘अभिमन्यू’, लागयत फिल्ममा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्