किर्ते धितो ऋण लगानी आरोपमा पूर्व सिइओ सहित ११ जना पक्राउ


काठमाडौँ, ५ असोज । नक्कली धितोमा ऋण दिएको आरोपमा बैङ्कका बैङ्क अफ काठमाण्डूका तत्कालीन सिइओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सिइओ सहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

कर्जा लगानी भएका बेला श्रेष्ठ बैङ्कका सिइओ भएकोले नक्कली धितोमा ऋण लगानी गरेको र किर्ते गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सीआईबीलका अनुसार प्रारम्भिक अनुसन्धानमा खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको र बैङ्कका कर्मचारीहरूले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्