काठमाडौँ, १८ असार । नेकपा एमालेले आजका लागि बोलाएको स्थायी कमिटीको बैठकमा नेपाल– खनाल पक्ष उपस्थित नहुने भएको छ । नेपाल–खनाल पक्षको बिहीबार बसको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी ओलीले शुक्रवार आह्वान गरेको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
नेकपा एमालेका नेता भीम रावलले यथास्थितिमा बोलाइएको बैठकमा जान नसकिने बताउँदै बैठक केन्द्रीय कमिटीले आह्वान गर्नु पर्ने बताए । साथै रावलले महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तर गरिनु पनि पार्टी विधान विपरीत रहेको र ९ औँ महाधिवेशनको पछि कै अवस्थामा लैजानुपर्छ भन्ने आफूहरूको माग रहेको बताए । आज नेकपा एमालेको संस्थापन पक्षद्वारा बोलाइएको बैठकलाई केही नेताले भने गुटको भेलाको संज्ञा दिएका छन् ।
धेरैले आज बोलाइएको बैठकमा नेपाल -खनाल पक्ष उपस्थित हुने अनुमान लाइका थिए ।