अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटन : धरान सेमिफाइनलमा प्रवेश (फोटो फिचर)


बेलबारी , ४ असोज / मोरङको बेलबारी वाड नं. ११ लक्ष्मीमार्गमा तेस्रो बेलबारी अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब विजयी भएको छ ।

लक्ष्मीमार्गको खेल मैदानमा शनिवार भएको उद्घाटन खेलमा धरान फुटबल क्लबले आयोजक टिम डागिहाट युथ क्लब बेलबारीलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको निध्रारित समय गोलरहित बराबरीमा सकिएपछि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा धरानको तर्फबाट वर्तमान राई, बुद्ध चेम्जोङ, मनोज राई र विष्णु सुनारले गोल गरेका थिए भने मनिष गुरुङको प्रहार पोलमा लागेर फर्किएको थियो ।

आयोजकको तर्फबाट विक्रम लिम्बू , साइमन राई र अनुज मगरले हानेको प्रहार गोल भएको थियो भने मिलन राईले खोल गर्न सकेनन् । सुनिल खड्काको प्रहार पनि धरानका गोलरक्षक लक्की कार्कीले रोक्न सफल भएका थिए । खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक कार्की घोषित भएका छन् । उनले नगद पाँच हजार रुपैयाँ पाए ।

तेस्रो बेलबारी अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका हुन । प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् ।

आजबाट सुरु भएको प्रतियोगिता असोज १० गते फाइनल हुने छ । प्रतियोगिताको विजेताले टिमले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । आइतबार दोस्रो दिनको खेल झापा–११ र एपीएफ क्लब काठमाडौँ बिच हुने आयोजकले जनाएका छन् ।

https://youtu.be/WPTmLgeU9qE

प्रतिक्रिया दिनुहोस्