विराटनगर, १६ जेठ । जिल्ला प्रशासन मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको अवस्था नियन्त्रणभन्दा बाहिर रहेको बताउँदै जिल्लामा जारी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो ।
वैशाख १८ गतेबाट सुरु भएको निषेधाज्ञा चौथौँ पटक थपिएको छ । यसअघि लगाएको निषेधाज्ञाको समय भोलि सोमबार राती १२ बजे सकिँदै छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।