बेलबारी, १० जेठ । पूर्व सांसद नरेन्द्र बस्नेतको कोरोनाबाट निधन भएको छ ।
२०४८ सालमा भोजपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका सांसद बस्नेतको जेठ १० गते राती ३ ः ३० मा उपचारका क्रममा धरानस्थित घोपा क्याम्पमा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
एक हप्ता अघि कोरोनाबाट सङ्क्रमित भएर उनी घोपामा उपचारत थिए । मृतक बस्नेत अरुण मा. वि.दिङ्गला भोजपुरका पूर्व प्रधानाध्यापक, षडानन्द गुठीका पूर्व अध्यक्ष लगायत दर्जनौँ सामाजिक सङ्घसंस्था आबद्ध रहेका थिए ।
सुन्दरहरैँचा १० खोर्सानेमा बसोबास गर्दै आएका बस्नेत हाल हातेमालो सहकारीका अध्यक्ष थिए । स्व. बस्नेत एमाले –माले हुँदै हाल श्रषि कट्टेलको नेतृत्वमा रहेको नेकपाका पोलिटव्युरो सदस्यसमेत रहेको बताइएको छ ।