संखुवासभा, १० जेठ । जङ्गली च्याउ खाँदा सङ्खुवासभामा एकै घरका नौजना बिरामी परेका छन् ।
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र उनकी श्रीमती बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए ।
अध्यक्ष राईले दिएको जानकारी अनुसार उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको थियो । तर उनीहरूमा मिर्गौला र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दर श्याम जानकारी दिएका छन् ।