कोरोना सङ्क्रमणबाट पूर्व राज्यमन्त्री घिमिरेको निधन


विराटनगर, ९ जेठ । कोरोना सङ्क्रमणबाट पूर्व राज्यमन्त्री घिमिरेको निधन भएको छ ।

 विराटनगर महानगरपालिका–२ घर भएका राधाप्रसाद घिमिरेको ९१ वर्षको उमेरमा कोरोना सङ्क्रमणबाट शनिवार राति ९ बजेतिर निधन भएको हो । पिसिआर परीक्षण गराउँदा शनिवार साँझ कोरोना पुष्टि भए पछि उनलाई नोबेल शिक्षण अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

घिमिरेले पटक पटक गरेर पञ्चायत कालमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । २०१७ सालसम्म कम्युनिस्ट पार्टीमा आबद्ध रहेका भए पनि राधाप्रसाद पछि पञ्चायतमा प्रवेश गरेका थिए । घिमिरे विराटनगरमा २०१५ सालमा स्थापना भएको एलिट क्लबका संस्थापक हुन् । 
स्वं घिमिरेकी श्रीमती र तीन छोरामध्ये कान्छो छोराको यसअघि नै निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्