नगरपालिकाले कृषकले उत्पादन बस्तुहरूको बजारीकरण गरिदिने


बेलबारी, ६ जेठ । बेलबारी नगरपालिकाले कृषकले उत्पादन गरेको अन्नबाली, तरकारी, फलफूललगायतका बस्तुहरूको बजारीकरण गरिदिने भएको छ । 

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषिजन्य तथा अन्य उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको बजारीकरण नगरपालिका आफै गरिदिने  बताएका छन् ।

नगरप्रमुख सुवेदीले उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको बजारीकरण समस्या नरहेको बताउँदै आवश्यक्ता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारकोसमेत व्यबस्था नगरपालिकाले गरिदिने बताएका छन्  । 

यसअघि पनि १२ सय सम्ममा बिक्री भइरहेको गुहको बिउलाई नगरपालिकाले १५ सयमा खरिद गरिदिएको थियो । 

कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण नगरपालिकाले गरिदिने भएपछि कृषकहरू पनि हौसिएका छन् ।नगरपालिकाले निषेधाज्ञाको समयकाबिच पनि कृषकहरूलाई धानको बिउ वितरण गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् तरहरा सुनसरीबाट ल्याएको २० हजार किलो धानको बिउ अनुदानमा वितरण गरेको हो । नगरपालिकाले उक्त बिउ ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको कृषि शाखाका प्रमुख बिनोद दाहाल बताउँछन् । 

नगरपालिकाले राधा १२, कान्छी मन्सुली, बहुगुणी, स्वर्णसव १, रञ्जित लगायतका प्रजातिका धानका बिउ वितरण गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्