बेलबारी, ४ जेठ । बेलबारीमा कोरोनाबाट एकै परिवारका आमा छोरीको मृत्यु भएको छ ।
बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी एवम् कोरोना फोकल पर्सन सन्तोष विश्वकर्माले दिएको जानकारी अनुसार बेलबारी नगरपालिका–९ घर भएकी छोरीको मृत्यु भएको भोलिपल्ट आमाको पनि मृत्यु भएको हो ।
दुवै जनाको धरानमा उपचाररत थिए । यसअघि बेलबारी २ का १ जना, ३ का २ जना र १० का १ जना र ९ का २ गरी कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
कोरोको सङ्क्रमण तीव्र भएसँगै सम्पूर्ण बजार कलकारखाना, वित्तीय संस्था जस्ता भिडभाड हुने स्थानहरू बन्द रहेका छन् । नगरपालिकाले नगरबासीलाई घरभित्रै सुरक्षित रूपमा रहन आग्रह गर्दै आएको छ ।