काठमाडौँ, २ जेठ । वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।
कार्कीको उपचारका क्रममा काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो ।
कार्की १६ गते मात्र देहरादुनबाट काठमाडौँ आएका थिए । एक्कासि ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका थिए । परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भए भएको थियो । कोरोना भाइरसबाट सङ्क्रमित भएर उनको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो । स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विस १९९५ साल कात्तिक २२ गते जन्मिएका कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
कार्कीका तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौं तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भने दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरू लोकप्रिय छन् । कार्कीका श्रीमती र दुई छोरा छन् ।