बेलबारी, ३१ वैशाख । आज मुस्लिम धर्मावलम्बीले इदुलफित्र मनाउँदैछन् ।
रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले सामूहिक प्रार्थना गरी एकअर्कामा शुभकामना आदानप्रदान गरेर मनाउने गरिए पनि कोरोनाको महामारीले गर्दा घरघरमै यसपालि यो पर्व मनाउँन विवश छन् ।
हिजरी संवतको रमजान महिनाभर रोजा बसेका इस्लाम धर्मावलम्बी आज ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने यो पर्व रमजान सकिएपछि सुरु हुने शुक्ल पक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।