काठमाडौँ, २९ वैशाख । वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोनाका कारण निधन भएको छ ।
एकसातादेखि मनमोहन मेमोरियल अस्पतालमा उपचार भैरहेको चौलागाईको मङ्गलबारी राती निधन भएको हो ।
प्रदेश सभा (ख) बाट नेकपाबाट निर्वाचित भएका चौलागाईँ यसअघि प्रतिनिधिसभा सांसद समेत थिए ।
चौलागाईँका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् ।