सुन्दरहरैँचामा दुर्घटनामा परेर एक बालिकाको मृत्यु


सुन्दरहरैँचा, २९ वैशाख । मोरङको सुन्दरहरैँचामा सिटिसफारी दुर्घटनामा परेर एकजना बालिकाको मृत्यु भएको छ ।  

सुन्दरहरैँचा नगरपालिका ५ तीनपैनीस्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सोही स्थानकी रुद्र खड्काकी छोरी ५ वर्षीय छोरी रबिना खड्काका मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहान साढे ९ बजे को १ ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी बालिका घाइते भएकी थिइन ।

 घाइते भएकी बालिकाको धरानस्थित घोपामा उपचारको क्रममा दिउसो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी गछियाले सफारी चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्