बेलबारी, २४ वैशाख । बेलबारी नगरपालिकामा एक जना जनप्रतिनिधिसहित कोरोना सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ ।
शुक्रबार गरिएको एन्टिजोन परीक्षणमा बेलबारी ८ की वाडा सदस्यलाई समेत कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार १० जनामा एन्टिजोन परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी एवम् कोरोना फोकल पर्सन सन्तोष विश्वकर्माले जानकारी दिएका छन् ।
कोरोना पुस्टी हुनेमा बेलबारी ३ का २ जना, ४ का १ ना, ५ का १ जना ८ का ३ जना र वडा नम्बर १० का १ जना रहेका छन् । बिहीबार मात्र बेलबारी नगरपालिकाको लेखा शाखामा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो सँगै बेलबारी सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ ।
यसैबिच नगरपालिकाले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न सबैमा अनुरोध गरेको छ ।