बेलबारी, २२ वैशाख । कोरोनाबाट सुरक्षित रहन सहयोग पुगोस् भने बेलबारीमा रहेको युवा सरोकार मञ्च नामक संस्थाले बुधबार अस्थायी ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालय बेलबारीलाई माक्स वितरण गरेको छ ।
जनचेतना प्रवाह गर्दै कोरोना सङ्क्रमणबाट बच्नका लागि माक्स वितरण गरिएको मञ्चका संयोजक ऋषि राईले बताए । कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख प्रेमकुमार शाहले यात्रुहरूले पैसा तिरे अनुसारको स्वास्थ्यमैत्री सवारी चलाउन व्यावसायी र सो व्यवस्था मिलाउन सम्बद्ध सबै निकायलाई उत्तरदायी बन्न आग्रह गर्दै ट्राफिक प्रहरी यसको कार्यान्वयनमा कटिबद्ध रहेको बताए ।