डबल व्याटमिन्टन प्रतियोगितामा बेलबारी जेसीज विजयी


बेलबारी । इन्द्रपुर जेसीजको आयोजनामा शुक्रवार सम्पन्न भएको एरिया ए अन्तर जेसीज डबल व्याटमिन्टन प्रतियोगितामा बेलबारी जेसीज विजयी भएको छ ।
शनिवार हुने नेपाल जेसीजको अध्यक्षहरुको क्षेत्रगत भेलाको पूर्व सन्ध्याको अवसर पारेर आतिथ्यता शाखा इन्द्रपुर जेसीजले आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा जनकपुर जेसीजलाई हराउँदै बेलवारी जेसीज फाइनल विजेता बनेको हो ।


बेलवारी तर्फबाट संस्थापक अध्यक्ष अध्यक्ष माधवराज थापा र जेसी विकास श्रेष्ठको टिमले जनकपुर शाखाका २०१२ का अध्यक्ष विजयकुमार शाह र २०१३ का अध्यक्ष जेसी अजयकुमार प्रसादको टिमलाई ९ ÷२१, २१÷१६ र १४÷२१ को सेटले हराउँदै विजेता बन्न सफल भएको हो । तरहरा जेसीजलाई सेमीफाइनलमा रोक्दै फाइनलको यात्रा तय गरेको बेलवारी र टङ्की सिनवारीलाई सेमीफाइनलमा पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको जनकपुरको फाइनल भिडन्त अत्यन्तै प्रतिस्पर्धा बनेको थियो । प्रतियोगिताको तेस्रो टिममा तरहरा र टङ्की सिनवारी जेसीज परेका छन । प्रतियोगितामा एरिया ए का १४ वटा शाखाको सहभागिता रहेको थियो ।

विजेता बनेको टिमले भोलि हुने अध्यक्षहरुको भेलाको समापन समारोहमा नगद १५ हजार, मेडल र ट्रफी प्राप्त गर्ने आतिथ्यता शाखा इन्द्रपुर जेसीजका अध्यक्ष भुवन ढकालले जनाएका छन । अध्यक्ष ढकालका अनुसार प्रतियोगिताको दोस्रो टिमले नगद रु.१० हजार र तेस्रो हुने दुई टिमले नगद रु.५ हजारका दरले प्राप्त गर्नेछन ।
प्रतियोगितामा इटहरी जेसीज, इन्द्रपुर जेसीज, दुवही जेसीज, कमलनगर, सताक्षीधाम, पथरी जेसीज, गौरादह जेसीज, बुधवारे जेसीजको सहभागिता रहेको थियो ।
साथै नेपाल जेसीजका तर्फबाट जेसीआई सिनेटर भोलेश्वर दुलाल र नारायण कार्कीले प्रतियास्पर्धा गरेका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर भोलेश्वर दुलालल गरेका थिए । शाखा अध्यक्ष भुवन ढकालको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल, निरुपित, उपाध्यक्ष सुमनकृष्णलगायत विभिन्न शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रको सञ्चालन इन्द्रपुर जेसीजका महासचिव विवेक न्यौपानेले गर्नुगरेका थिए ।

यसैगरी शनिवार उद्घाटन हुने क्षेत्र ‘क’ को अध्यक्षहरुको क्षेत्रगत भेलाको सबै तयारी पुरा भएको छ । पानस पार्टी प्यालेसमा हुने कार्यक्रमको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रवन्धक निर्देशक कुलमान घिसिङले गर्ने छन । यस क्षेत्रको निरुपित कार्यकारुीणी उपाध्यक्षमा सिनेटर रविन पोखरेल र निरुपित उपाध्यक्षमा समुनकृष्ण श्रेष्ठ, लालमणी भण्डारी र इनु थापा रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्