सुन्दरहरैँचामा एकैदिन १६ जनामा काेराेना सङ्क्रमण : २० गते नगरपालिकाका सबै सेवा बन्द



सुन्दरहरैँचा, २० वैशाख । सुन्दरहरैंचा नगरपालिकाका कर्मचारीमा काेराेना पाेजेटिभ देखिएसँगै नगरपालिकाकाे सम्पूर्ण सेवा बन्द गरिएकाे छ । नगरपालिकाका २ जना कर्मचारीमा काेराेना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले सूचना नै जारी गरेर मिति २०७८ वैशाख २० गते साेमबारदेखि वैशाख ३१ गतेसम्म अत्यावश्यक सेवाबाहेक सबै सेवाहरू बन्द गरेकाे हाे ।


नगरपालिकामा अाइतबार मात्र एक्कैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । १३ जना पुरुष र ३ जना महिलामा सङ्क्रमण देखिएकाे हाे । सुन्दरहरैँचामा १३ गतेदेखि यताकाे तथ्याङ्क अनुसार ४० जना सङ्क्रमित रहेका देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्