हवाई उडान स्थगित गर्न सीसीएमसीको सिफारिस


काठमाडौँ, १८ वैशाख । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी)ले अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै खाले उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्षतामा बसेको बैठकले कोरोनाको सङ्क्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाई उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

सीसीएमसी स्रोतकाअनुसार यससम्बन्धी प्रस्ताव आजको मन्त्रिपरिषद्को बैठकमा लगिने छ । कोरोना सङ्क्रमण बढी देखिएका जिल्लाहरूमा भने स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि  हवाई सेवामा भने रोक लगाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्