बेलबारी नगरपालिकाको ८ महिनामा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन


उत्तम पोख्रेल
बेलबारी / बेलबारी नगरपालिकाले लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको ८ महिना आन्तरिक राजश्व लक्ष्य भन्दा बढी उठाएको नगरपालिकाले जनाएको छ । ४ करोड ११ लाख पचास हजार लक्ष्य लिएको नगरपालिकाले आन्तरिक श्रोतबाट लक्ष्य भन्दा धेरै उठाएको छ । ४ करोड ३१ लाख ८४ हजार २४ रुपैयाँ आन्तरिक श्रोतबाट सक्लन गरी सकेको छ ।


सम्पतिकर, हाटबजार कर,व्यावसायिक कर,मालपोत तथा नक्सापास दस्तुर बापत उक्त रकम उठेको हो । नकसापासमा २० लाख लक्ष्य लिएका थियौ नगरपालिकाका लेखा अधिकृत टेक नाथ रेग्मीले भने ६८ लाख उठ्यो । लेखा अधिकृत रेग्मीका अनुसार सम्पतिकरमा ६० लाख लक्ष्य लिएकोमा ६८ लाख राजश्व सकलन भएको छ । यो फागुन महिना सम्मको तथ्याङ्क हो ।

नगरपालिकाले विभिन्न शीर्षकमा ८० करोड २ लाख १४ हजार राजश्व सक्लन गर्ने लक्ष्य लिएकोमा ८ महिनाको अवधिमा ४५ करोड ४६ लाख राजश्व सकलन गरेको छ । उक्त रकमलाई आधार मान्ने हो भने ५७ दशमलमव ८२ प्रतिशत हो ।

गत वर्षको तुलनामा भने राजश्व बढी सक्लन भएको नगरपालिकाले जनाएको छ । लक्ष्य अनुसारको राजश्व उठ्ने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले बताए । उनले भने अघिल्ला वर्षहरूको तुलना गर्ने हो भने यो उपलब्धि मूलक हो ।

फागुन महिनासम्मको खर्चको फाँटबारी अनुसार नगरपालिकाले विकास निर्माणमा भने २६ दशमलव १८ प्रतिशत खर्च गरेको छ । पुजिगत तर्फ ३८ करोड १५ लाख ९२ हजार १सय ९९ रुपैयाँ बजेट नगरशभावाट छुट्ट्याएको थियो ।

विकास निर्माण शीर्षकमा बाटो तथा पुल पुलेसाको रकम ८ महिना बितिसक्दा पनि २६ दशमलव १८ प्रतिशत खर्च भएको देखिएको हो । आर्थिक बर्षमा ०७५/०७६ लाई हेर्ने हो भने अघिल्ला वर्ष भन्दा बढी भएको प्रमुख प्रशासकिय अधिकृत दाहालले बताए ।

कर बढेको भनेर केही विरोध पनि भए मेयर ज्ञानेन्द्र सुवेदीले भने तर हामीले जनतालाई असर पुर्‍याउने गरी कर बढाएका छैनौ । उनले भने बरु करका दायरा बवढाएका हौ । समृद्ध नगर बनाउने अभियानमा नगरपालिका रहेको समेत उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्