रुपन्देही, १७ वैशाख । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लङ्घन गर्ने ८ जनालाई कैद सजाय सुनाएको हो । तीमध्ये ५ जनाले अदालतमा जरिवाना बुझाएर छुटेका थिए तर बाँकी ३ जनाले भने जरिवाना बुझाउन नसक्दा कारागार चलान गरिएको परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कोरोना सङ्क्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सोही क्रममा निषेधाज्ञा उल्लङ्घन गर्ने ७ पुरुष र १ महिलालाई सम्झाई बुझाइ गर्दा प्रहरी अधिकृतलाई समेत काममा बाधा पु¥याएको भन्दै उनीहरूलाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको प्रहरीले जनाएको छ ।