बेलबारी नगरपालिकाले सुरु गर्याे एन्टिजेन परिक्षण


बेलबारी, बैशाख १६ । पिसिआर विधिबाट कोरोना परिक्षण गराउदै आएको बेलबारी नगरपालिकाले पछिल्लो समय एन्टिजेन विधिबाट परिक्षण कार्य सुरु गरेको छ ।

एन्टिजेन विधिबाट परिक्षण गर्दा आधा घण्टामै रिपोट आउने स्वास्थ्य शाखाका कर्मचारी एवम् नगरपालिकाका कोरोना फोकल पर्सन शन्तोष विश्वकर्माले जानकारी दिएका छन् । यसरी १३ जनामा गरिएको परिक्षणबाट २ जनामा कोरोना पुष्टि भएको नगरपालिकाले जनाएको छ । हाल बेलबारी नगरपालिकामा ५ जना कोरोना पोजेटिभ भेटिएका छन् ।

नगरवासीमा कोरोना पोजेटिभ देखिए पछि नगरपालिकाले शैक्षिक संस्था यसअघि नै बन्द गराइसकेको छ भने १६ गतेदेखि तथा दैनिक तथा साप्ताहिक रुपमा लाग्ने हाट बजार बन्द गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्