बेलबारी ४ मा महाशिवरात्रि धार्मिक तथा सांस्कृतिक कार्यक्रम २०७७ हुँदै


बेलबारी, २४ फागुन । बेलबारी ४ मा महाशिवरात्रि धार्मिक तथा सांस्कृतिक कार्यक्रम २०७७ हुने भएको छ । बेतना युनाइटेड क्लब, बेलबारीले आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।

महाशिवरात्रिको अवसरमा महाशिवरात्रि धार्मिक तथा सांस्कृतिक कार्यक्रम फागुन २७ गते बिहीबार गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा गायक राम लिम्बुको प्रमुख प्रस्तुति रहने छ । स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने छ । विवेश मोते, द्रव्य ब्यान्ड, एमोस मगर लगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक मोहन राईले बताए ।

कार्यक्रमको मुनाफाले वडा ४ स्थित बेतना फुटबल खेल मैदानको स्टेडियममा रहेको जिमहलका सामाग्री खरिद, फुटबल खेल मैदान, शिव मन्दिर तथा संस्थाको भवन मर्मतसमाहार गर्ने संस्थाका अध्यक्ष प्रकाश लिम्बुले जनाएको छ । कार्यक्रमबाट रु.२ लाख ५० हजार नाफा हुने अनुमान रहेको संस्थाका अध्यक्ष लिम्बुले बताए । लिम्बुका अनुसार वडा नं. ४ वडा कार्यालयले रु.५ लाख सहयोग गर्ने छ ।

फागुन २७ गते महाशिवरात्रिमा बिहान देखीनै शिव मन्दिरमा पूजापाठ तथा भजनकृतन हुने संस्थाका सचिव किरण क्षेत्रीले बताए । साँझ भने भव्य सांस्कृतिक कार्यक्रम गर्ने सचिव क्षेत्रीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्