घिमिरेको राजीनामा : सामाजिक विकास मन्त्री कार्कीद्वारा पदबहाली


विराटनगर, १३ पुस । प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उहाँले एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ बमोजिम प्रादेशिक एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन समिति गठन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ । मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरूले स्वागत गरेका थिए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले हिजो पदबाट राजीनामा दिनुभएको थियो । उहाँको हिजै मन्त्रालयले बिदाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्