नेकपा अध्यक्षमा माधवकुमार नेपाल चयन


काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षमा माधवकुमार नेपाल चयन भएका छन् । प्रचण्ड–माधव समूहको केन्द्रीय सदस्यको बैठकले नेपाल पार्टी अध्यक्षमा चयन गरेको हो ।

बहुमत केन्द्रीय सदस्यले पार्टी अध्यक्षमा नेपाललाई चयन गर्दै केपी शर्मा ओलीलाई भने बर्खास्त गरेको छ।  मंगलबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले   नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो । नेता नेपाल १२ वर्षपछि फेरि पार्टीको नेतृत्वमा आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्