प्रचण्डले बोलाएको सचिवालय बैठकमा को को सहभागि भए


काठमाडौं,२१ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको छ ।

बैठकमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा बादल र महासचिव विष्णुप्रसाद पौडेल अनुपस्थित छन् ।प्रधानमन्त्री ओलीलाई जानकारी दिएर प्रचण्डले धुम्बाराहीमा बैठक बोलाएका हुन् । प्रचण्डले बोलाएको बैठकमा बादल पनि अनुपस्थित छन् ।

यो धुम्बाराही छलफल सकेर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न जाने तयारी रहेको बालुवाटार स्रोतले जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्