‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएकोमा डा.बाबुरामद्धारा आपत्ति


काठमाडौँ,२१ कात्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल सरकारले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएकोमा आपत्ति जनाएका छन् ।

उनले सरकारको उक्त निर्णय स्वीकार्य नभएको बताएका छन् ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ११ गते नै क्याबिनेटबाट नेपालको नामको अघि गणतन्त्र नलेख्ने निर्णय गरेको हालै मात्र खुलेको हो । उक्त निर्णय सार्वजनिक भएपछि हाल नेकपाकै कतिपय नेताहरुले समेत ओलीको आलोचना गरेका छन् ।

नेकपाका नेता मातृका यादवले ओलीको निर्णयको विरोध गरेका छन् ।
यता पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले आज ट्वीटरबाट सरकारको निर्णय स्वीकार्य नभएको भन्दै सोको प्रतिवाद गर्न आव्हान समेत गरेका छन् ।

भट्टराईले लेखेका छन्, ‘संयुक्त राष्ट्र संघमा देश÷राज्यका नाम उनीहरुको संविधान÷राज्यप्रणाली अनुरुप हुने आम प्रचलन हो । सोही अनुसार नेपालको नाम “ँभमभचब िम्झयअचबतष्अ च्भउगदष्अि या ल्भउब”ि रहेकोमा ओली सरकार किन पछि हटेको हो ? यो स्वीकार्य छैन । दालमा कालो छ है, सबैले प्रतिवाद गरौ, खबरदार ।’

यसअघि जसपाका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले गत ४ नोभेम्बरमा ओली सरकारको उक्त निर्णय असंवैधानिक र प्रतिगामी रहेको भन्दै यसबारे प्रष्ट पार्न सरकारसँग आग्रह गरेका थिए । तर, जसपाले हालसम्म यसबारे पार्टीको लेटरहेडबाटै औपचारिक धारणा दिने काम भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्