राष्ट्रपति भण्डारीको भूमिकाप्रति रावलको आपत्ति


काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिकाप्रति सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत् रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई गलत भन्दै बिरोध गरेका हुन् ।नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनु भएको समाचार आइरहेको छ,’ सामाजिक सञ्जाल ट्वीटरमा आज (शुक्रबार) रावलले लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

पछिल्लो समय नेकपाको आन्तरिक विवादमा राष्ट्रपति भण्डारी अध्यक्ष केपी ओलीको पक्षमा लागेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्