४० लाख नगदसहित गुप्ता पक्राउ


काठमाडौं, २१ कार्तिक । काठमाडौं आउँदै गरेका एक व्यक्ति आज (शुक्रबार) बिहान ४० लाख नगदसहित नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय गुप्ताको साथमा फेला परेको रकमको श्रोत नखुलेको प्रहरीले जनाएको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बसमा सवार व्यास गुप्ता ४० लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।गुप्ताले उक्त रकम झोला र कम्मरमा पेटीमा लुकाई ल्याएको प्रहरी जनाएको छ । एक हजार दरका ४ हजार थानका नोट छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्